ताजा समाचार

सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट आज विश्वासको मत लिँदै

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदैछन् । आज बिहान ९ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मतका विपक्षमा मतदान गर्न नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ । एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्न ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका छन् ।

प्रदेशसभा सदस्य ५२ रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा धेरै एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई सदस्य छन् ।

एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन् । माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्नेछन् ।

उता, नेपाली कांग्रेसले भने पक्ष–विपक्षमा मतदान गर्ने भन्नेबारे टुङ्गो लगाएको छैन । अहिले संसदीय दलको बैठक बोलाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org