ताजा समाचार

सुदूरपश्चिमका सभामुखलाई मुख्यमन्त्री बनाउने गरी एमाले आन्तरिक छलफलमा

काठमाडौं। एमाले सुदूरपश्चिमले प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई मुख्यमन्त्री बनाउने विषयमा आन्तरिक छलफल थालेको छ। सभामुखबाट राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने एउटा विकल्पमा छलफल भएको निवर्तमान प्रमुख सचेतक तारा लामाले बताए। “पार्टीलाई एकढिक्का राख्ने प्रयासअनुसार थुप्रै विकल्पमा छलफल जारी छ। सभामुख थापाको पनि इच्छा देखिएको छ। दुवै पक्ष सहमति भयो भने सकारात्मक परिस्थिति बन्न सक्छ”, लामाले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org