ताजा समाचार

एमालेले प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिने

काठमाडौँ ।  नेकपा एमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टीको यो निर्णय मान्न सांसदहरुलाई निर्देशन पनि बैठकले दिएको छ ।

‘अब नेकपा एमाले देश र राष्ट्रियताको पहरेदार, लोकतन्त्र र संविधानको रक्षक, जनताको हितप्रति अटल रहँदै सक्रिय र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने छ,’ प्रवक्ता ज्ञवालीले भने,’ अलोकतान्त्रिक एवं अस्वस्थ विधिबाट गठन सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका प्रतिनिधिसभा सदस्यहरुलाई पार्टीको निर्णय मान्न निर्देशन दिएको छ ।’

त्यस्तै पार्टीको समाधान गर्न गठित दस सदस्यीय कार्यदलले गरेको दसबुँदे सहमति स्थायी कमिटी बैठकले अनुमोदन गरेको छ । ज्ञवालीका अनुसार सहमति अनुमोदन भएसँगै कार्यदल विघटन भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org