ताजा समाचार

सहकारीलाई प्राथमिकतामा राखेर खोप दिन्छौँ : गृहमन्त्री खाँण

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले बैंक तथा वित्तीय क्षेत्र जत्तिकै महत्व रहेको र किसानसम्म प्रत्यक्ष जोडिएको सहकारी क्षेत्रलाई सरकारले खोपमा प्राथमिकता दिने बताएका छन्।

राष्ट्रिय सहकारी महासङ्घको टोलीसँग सोमबारको भेटमा उनले सरकारले अहिले सबै जनताको स्वास्थ्यलाई महत्व दिएको बताउँदै संवेदनशीलताका आधारमा खोप दिने योजना रहेको बताए।

राष्ट्रिय सहकारी महासङ्घको सल्लाहकार समेत रहेका गृहमन्त्री खाँडले भने,“नेपालको अर्थतन्त्रमा सहकारीको महत्वलाई यस सरकारले बुझेको छ। सरकार सहकारीलाई महत्व दिएर अगाडि बढ्ने छ।” सहकारीको विकास र विस्तारका विषयमा आवश्यक छलफल गरेर अगाडि बढ्ने उनले बताए।

सो अवसरमा महासङ्घका अध्यक्ष मीनराज कँडेल र वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासङ्घका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org