ताजा समाचार

कोरोनाविरुद्धको लडाईंमा सहयोग गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको लडाइँमा सबै नेपाली एक भएर लाग्नु पर्ने बताएका छन् ।

कोरोनाका कारण अहिलेको अवस्था जटिल भएकाले योसँग जुध्न सबै एकजुट हुनु पर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

नेपाल उद्योग परिसंघको १८ औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोनाका कारण देशको आर्थिक तथा समग्र क्षेत्र शिथिल भएकाले यसबाट माथि उठ्न सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको बताए ।

गरिबीको रेखा मुनी रहेका नेपाली जनतालाई निःशुल्क खोप उपलब्ध गराउन देशका उद्योगी व्यवसायीले पनि सहयोग गर्नु पर्ने उनले बताए । कोरोनालाई परास्त गर्ने सरकारको अभियानमा उद्योगी व्यवसायीलाई सहयोग गर्न उनले आह्वान गरे । उद्योगी व्यवसायीका साथै सबै क्षेत्रको साथ सहयोग भएमा छिट्टै कोरोनालाई परास्त गर्न सकिने उनको भनाइ छ ।

देश विकासका निम्ति अर्थतन्त्र पनि बलियो हुनु पर्ने बताउँदै प्रधानमन्त्री देउवाले सरकारले महत्वका साथ काम गर्ने प्रतिबद्धता जनाए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org