ताजा समाचार

स्वेच्छाचारी र प्रतिगामी कदमका कारण केपी ओली बालुवाटारबाट बार्दलीमा पुगेः गगन थापा

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आफ्नो स्वेच्छाचारी र प्रतिगामी कदमका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट बार्दलीमा पुगेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा थापाले ओलीले जस्तै स्वेच्छाचारी गतिविधि नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सचेत गराए।

‘जनताको आदेशविपरीत मनपरी गर्दा, स्वेच्छाचारी कदम चालेर प्रतिगमन गरिरहँदा ओली अहिले बालुवाटारबाट बार्दलीमा पुगेका छन्’, थापाले भने, ‘यो सरकारलाई ओलीको जस्तो मनपरी गर्ने छुट छैन। प्रधानमन्त्री देउवाले त्यसो गर्न पाउनु हुने छैन। सरकार यो संसदसँग डराउनुपर्छ। संसद सरकारसँग डराउने होइन। सरकारलाई संसदले खबरदारी गरिरहनुपर्छ।’

अहिले देउवाको मात्रै नभएर सभामुख अग्नि सापकोटाको पनि परीक्षणको समय रहेको उनले बताए। ‘अहिलेको परीक्षा प्रधानमन्त्रीको मात्रै होइन सभामुख पनि हुँदैछ’, उनले भने, ‘सभामुख र हाम्रो कर्मले संसदप्रति गुमेको विश्वास जगाउनु छ। सरकारले पनि ओलीको जस्तो गल्ती नगरोस्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org