ताजा समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक : सरकारमा पठाउने नेताको नामबारे छलफल

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ।

पार्टी कार्यालय पेरिस डाँडामा जारी बैठकमा सरकारमा सहभागीताबारे छलफल हुने जनाइएको छ।  बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेका थिए।

उनले नेपालसँग सरकारमा सहभागी हुन र देउवालाई मन्त्रिपरिषद विस्तार गर्नेबारे कुरा गरेका थिए।

माओवादी केन्द्रबाट सरकारमा दुई मन्त्री सहभागी छन्। बैठकले माओवादीबाट सरकारमा जाने अन्य नामबारे टुंगो लगाउने सक्ने एक नेताले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org