ताजा समाचार

मुख्यमन्त्री पोखरेलले अविश्वास प्रस्ताव फेस नगर्ने,बैठक अगावै राजीनामा दिने

काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठक अगावै राजीनामा दिने  भएका छन ।

अहिले बिहान बुटवलमा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठक बसिरहेको छ ।

बैठकमा सहभागी एक जना सांसदका अनुसार दिउँसोको प्रदेशसभा बैठक अगावै राजीनामा दिने मुडमा पोखरेल देखिएका  हुन  । ‘मुख्यमन्त्रीले विपक्षी दलहरुको अविश्वास प्रस्ताव फेस नगर्ने मनस्थितिमा पुगेको,’ उनले भने ।

यसैबीच पोखरेल सरकारमा सामेल जसपाका मन्त्री सन्तोषकुमार पाण्डेयले हिजो साँझ मुख्यमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् । आफ्नो पार्टी जसपाको संसदीय दलको निर्णयानुसार सरकार छाड्नुपर्ने भएकाले नैतिकताको आधारमा राजीनामा दिएको बताएका छन् । अरु दुई मन्त्रीको पनि केही बेरमा राजीनामा आउँदैछ ।

सरकार स्पष्टसँग अल्पमतमा परे पनि तत्कालीन प्रदेश प्रमुखको सहयोगमा प्राविधिक रुपमा सरकार सञ्चालन गर्दै आएका मुख्यमन्त्री पोखरेल पछिल्ला दिन थप संकटमा परेपछि अविश्वास प्रस्तावमाथिको छलफल र मतदान अगावै राजीनामा दिने मुडमा पुगेको बताइन्छ ।

लुम्बिनी र गण्डकी प्रदेश सरकार ढल्नुमा नेकपा विवाद कारक रहे पनि यसमा माधव नेपाल खेमाको प्रत्यक्ष भूमिका देखिन्न ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org