ताजा समाचार

ग्लोबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी

काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

साउन २९ मा बसेको सञ्चालक समितिको निर्णयअनुसार भोलिदेखि लागू हुनेगरी रेग्मीलाई बढुवा गरिएको हो । करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमईमा छिरेका थिए ।

हाल रेग्मी बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागकोसमेत सुपरिवेक्षण गर्ने जिम्मेवारीमा छन् । उनले बेलायतको युनिभर्सिटी अफ वेल्सबाट २० वर्षअघि एमबीए गरेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org