ताजा समाचार

माधव नेपालले जनवर्गीय संगठनलाई विशेष सम्बाेधन गर्दै

काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मंगलबार आफूनिकट जनवर्गीय संगठनलाई विशेष सम्बाेधन गर्ने भएका छन्।

एमाले पार्टी विभाजनकाे अन्तिम रस्साकस्सी चलिरहेका बेला दिउँसाे पाैने चार बजे वरिष्ठ नेता नेपालले जुममार्फत जनवर्गीय संगठनलाई विशेष सम्बाेधन गर्न लागेका हुन्।

एमालेमा अध्यक्ष केपी ओलीसँग मिल्न नसकिने निष्कर्षसहित माधव नेपाल नयाँ पार्टी निर्माणकाे तयारीमा छन्।

नयाँ पार्टीका लागि आन्तरिक तयारी गरिरहेका नेपालले आज निकट नेता कार्यकर्ताहरुलाई त्यसबारे औपचारिक सम्बाेधन गर्न लागेका हुन्।

माधव नेपालकाे आग्रहमा पार्टी विभाजनका लागि सजिलाे हुने गरी अध्यादेश ल्याउन सरकार तयार छ।

अहिले राजनीतिक दल विभाजनका लागि पार्टी केन्द्रीय समिति र संसदीय दल दुवैमा ४०/४० प्रतिशन हिस्सा चाहिने प्रावधान छ।

याे संख्या नपुगेर  माधव समूह संकटमा परेका बेला खुकुलाे प्रावधानसहित अध्यादेश ल्याउने तयारी भैरहेकाेहाे।

नेता नेपालले भन्नेबित्तिकै राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने तयारीस्वरुप सरकारले स‌ंघीय संसदका दुवै सदनकाे अधिवेशन साेमबार रातिदेखि लागू हुने गरी अन्त्य गरिसकेकाे छ।

एमाले विभाजनका लागि अध्यादेश ल्याउने तयारी भएसँगै अध्यक्ष ओलीले साेमबार राति नै एकताका लागि वक्तव्य निकालेर आह्वान गरेका छन्।

उनले यस सम्बन्धमा छलफलका लागि आज स्थायी कमिटी र संसदीय दलकाे बैठक पनि बाेलाएका छन्।

तर अब ओलीसँग मिल्न सकिने सम्भावना समाप्त भैसकेकाे माधव समूहका नेताहरुले बताउँदै आएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org