ताजा समाचार

शीतल निवासको प्रतीक्षामा माधव समूह, आयोग जाने तयारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ता लागि सबै तयारी पूरा गरेको छ ।

राष्ट्रपति कार्यालयबाट अध्यादेश जारी हुनेबित्तिकै नयाँ दल दर्ता हुने नेपाल समूहका केन्द्रीय सदस्य एवम् मेटमणि चौधरी बताए ।

‘नयाँ दल दर्ताका लागि सबै तयार पूरा भइसकेको छ,’ चौधरीले भने, ‘अध्यादेश जारी हुनेबित्तिकै निर्वाचन आयोगमा जान्छौं । हामी तयार अवस्थामा छौं ।’

नयाँ दलका लागि पार्टीको नामको वैकल्पिक सूची तयार गर्नेदेखि विधान निर्माणसम्मका सबै काम सकिएको छ ।

नयाँ पार्टीका लागि माधव समूहले नेकपा एमाले (समाजवादी), नेकपा एमाले (जनवादी), नेकपा (एकीकृत) सहितका विकल्प तयार गरेको छ ।

पार्टीको चुनाव चिह्न कलम वा कुनै रूपमा सूर्य राखेर जाने सोचाइमा नेपाल समूहको तयारी छ । आयोगले विकल्पहरुमध्ये जुनलाई स्वीकृत गर्छ त्यसलाई दर्ता गरिने बताइएको छ ।

एमालेको नवौं महाधिवशेनबाट तयार भएको विधानलाई केही परिमार्जन गरेर नयाँ पार्टीको विधान तयार गरिएको एक नेताले जानकारी दिए ।

बेदुराम भुसाल, डा. विजय पौडेल, राजेन्द्र पाण्डेलगायतका नेताहरु अध्यादेश जारी हुनेबित्तिकै आयोग जान तयारी अवस्थामा रहेको बताइएको छ ।

हिजो ढिलो आइपुगेकाले अध्यादेश जारी हुन नसकेको राष्ट्रपति कार्यालयले जनाएको थियो । राष्ट्रपति कार्यालय स्रोतले केहीबेरमा अध्यादेश जारी हुने जानकारी दिएको छ ।

राष्ट्रपति बाट अध्यादेश जारी भएर राजपत्रमा प्रकाशित भएपछि अध्यादेश कार्यान्वयनमा जानेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org