ताजा समाचार

महन्थ ठाकुर पक्ष ‘जसपा लोकतन्त्रिक’ पार्टी दर्ता गराउने तयारीमा

काठमाडाैँ । जसपाको असन्तुष्ट महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले नयाँ पार्टी दर्ता गर्ने तयारीमा जुटेको छ ।

राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएसँगै ठाकुर-महतो पक्ष दल दर्ताको तयारीमा लागेको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवसँग विवाद बढेपछि ठाकुर-महतो पक्ष विभाजित हुने तयारीमा थियो ।

त्योभन्दा पहिला नै जसपाको आधिकारिता विवाद बढेको थियो र त्यो विवादमा बहुमत पक्षले यादवलाई साथ दिएका कारण ठाकुर-महतो पक्ष दलविहीन बन्न पुगेका थिए । उनीहरूसँग जोडिएका सांसदहरूलाई कारबाही भने भइसकेको थिएन । ३२ जनामध्ये १२ जना सांसद ठाकुर पक्षमा छन् ।

त्यही संख्याका आधारमा दल दर्ताको प्रयास भएको हो । ठाकुरनिकट एक नेताका अनुसार जसपाको नाममा अघिपछि केही फुर्को जोड्ने भनिएको छ । अहिले उनीहरूले जसपा लोकतान्त्रिक नाममा नयाँ पार्टी दर्ता गर्न खोजिरहेको ती नेताको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org