माधव नेपालको पार्टी बन्यो संसदको चौथो शक्ति, एमाले ९८ सिटमा खुम्चियो
काठमाडौ । माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी एकीकृत समाजवादी बनाएसँगै सत्ता गठबन्धनलाई बहुमत पुगेको छ।
नेपालसँग प्रतिनिधिसभाका २३ जना सांसद छन्। एमालेमै रहेको अवस्थामा नेपाल पक्षका २२ जनाले शेरबहादुर देउवालाई बहुमत पुर्याइदिएका थिए।
अब प्रतिनिधिसभामा सत्ता गठबन्धनसँग कांग्रेसको ६३, माओवादीको ४९, एकीकृत समाजवादीको २३ र जसपाको २१ सहित १५६ सांसद पुगेका छन्।
यसमा कांग्रेसका विजयकुमार गच्छदार, मोहम्मद अफ्ताव आलम र जसपाका हरिनाराण रौनियार निलम्बित अवस्थामा छन्। विभाजन हुनुअघि महन्थ ठाकुर पक्षले पनि विश्वासको मत लिँदा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गरेकाले लोकतान्त्रिक समाजवादीका १३ जना सांसद पनि सरकारकै पक्षमा रहेको बुझ्न सकिन्छ।
लोेकतान्त्रिक समाजवादीमा रहेका रेशम चौधरी पनि निलम्बित अवस्थामा छन्। यस हिसाबले अब निलम्बितसहित गरी सत्ता गठबन्धनसँग १६९ जना सांसद छन्।
सामान्य बहुमतका लागि १३६ जना सांसद आवयश्यक पर्छ। विभाजन भएपछि अब प्रमुख प्रतिपक्ष दलसँग ९८ जना मात्रै सांसद रहेका छन्।
सत्ता गठबन्धनसँग बहुमत नपुगेपछि सरकारले भदौ १ गते पार्टी विभाजनलाई सहज हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेको थियो।
अध्यादेशमा दल विभाजनका लागि केन्द्रीय सदस्य वा संसदीय दलमा २० प्रतिशत सांसद भए हुने प्रावधान राखिएपछि भोलिपल्टै एस र लोसपाले निर्वाचन आयोगमा निवेदन दिएका थिए।
बुधबार दुवै पक्षले २० प्रतिशत पुर्याएपछि नयाँ दलको मान्यता दिएको हो। सरकारसँग बहुमत नहुँदा सदनमा कुनै पनि प्रस्ताव पारितका लागि पेश गरेको थिएन।
Comments
अरु समाचार
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
एमाले महाधिवेशन : चुनावी प्रक्रिया सुरु !
काठमाडौं । काठमाडौंमा जारी नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनको चुनावी प्रक्रिया सुरु भएको छ । सल्लाघारीमा उद्घाटन भएको महाधिवेशनको भृकुटीमण्डपमा...
-
एमाले केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङको उम्मेदवारी घोषणा
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा केन्द्रीय सदस्यमा अम्बिरबाबु गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । करिब ४ दशक लामो...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
एमाले महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्न आज उम्मेद्वारी दर्ता
काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक...












