ताजा समाचार

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

काठमाडाैँ । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल गर्न सत्तागठबन्धनको बैठक बसेको छ ।

केहिबेर अघि बालुवाटारमा बसेको बैठकले सहमति जुटे मंगलबार नभए बुधबारसम्ममा मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रयास गर्ने जनाइएको छ । २९ असारमा प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा नेतृत्वको सरकार गठनको बुधबार ५० दिन पुग्छ ।

तर, सत्तागठबन्धनबीच कसले कति र कुन मन्त्रालय पाउने भन्ने अझै सहमति जुटिसकेको छैन । कांग्रेस र माओवादीले संसद् संख्याकाआधारमा मन्त्रालय बाँटफाँडलाई मापदण्ड बनाउन कोसिस गरेका छन् भने नेकपा एकीकृत समाजवादी र जसपाले आफूहरूको पनि सरकारमा सम्मानजनक सहभागिता खोजिरहेका छन् । मन्त्रालयको बाँटफाँड टुंग्याउन गठबन्धनका लागि सहज छैन । त्यसबाहेक मन्त्रीका आकांक्षी धेरै भएकाले दलहरूभित्र पनि तनाव छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org