ताजा समाचार

माओवादी पार्टीले आन्तरिक लोकतन्त्रको विकास गर्न सकेन: तिमल्सिना

काठमाडौं । मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष तथा नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य मनहरि तिमल्सिनाले पार्टीले लोकतन्त्रको अभ्यास गर्ने संकल्प गरेपनि जनवर्गीय संगठनमा समावेशी लोकतन्त्रलाई आत्मसात गर्ने चेतना र संस्कार कमजोर देखिएको जनाएका छन् ।

वाइसीएल नेपालको पदाधिकारी चयन नगरि राष्ट्रिय भेला सकिएपछि तिमल्सिनाले पार्टी लोकतन्त्रिक अभ्यास गर्ने गरेको संकल्पबाट पछाडी हटेको जनाएका हुन् ।

`कमिटीमा महिला, दलित, जनजाति, मधेशी, मुस्लिम, सुकुम्बासी, मजदूर, किसानका प्रतिनिधि स्थापित गर्नुपर्नेमा योगदान, नेतृत्व क्षमता र प्रतिस्पर्धामा अब्बल देखिएकाहरू पनि यो वा त्यो बहानामा किनारा लगाइनु हुँदैन । यसले हाम्रो आन्दोलन कमजोर बनाउँछ। तल समावेशी लोकतन्त्रको अभ्यास नभए माथिल्ला कमिटीमा त्यस्तो प्रतिनिधित्व कसरी सुनिश्चित गर्ने´, तिमल्सिनाले भनेका छन् ।

वाईसीएल नेपालको अध्यक्षमा दुई जनाको दाबेदारी अन्तिमसम्म कायम रहेपछि पदाधिकारी चयन नगरि भेला सकिएको थियो ।

वाईसीएलका अधिकांश नेता तथा पार्टी स्थायी कमिटी सदस्यहरुले सुबोधराज सेर्पालीलाई अध्यक्ष बानाउन कसरत गरेको तर, अन्तिममा आएर भेला नै प्रभावित बनेको जनाइएको छ । तिमल्सिनाले सोहि विषयलाई जोड दिदै योगदान, नेतृत्व क्षमता र प्रतिष्पर्धामा अब्बल देखिएकालाई अवसर दिनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

तत्काल देखिएका समस्यालाई सम्बोधन गर्न अपिल गरेका उनले भनेका छन, `मुहान थुनेर तलाउ ठूलो बनाउने कुरा कल्पना मात्र हुन्छ। यो विरोधाभासलाई अहिले सम्बोधन गरौं। अनुकूल परिस्थिति सधैं आउँदैन ।´

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org