ताजा समाचार

परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ लिएका छन् ।

नवनियुक्त मन्त्री खड्कालाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।मंगलबार बसेको सत्तारूढ गठबन्धन बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति भएको थियो । गठबन्धनमा आबद्ध दलहरूले डा. खड्काको विषयमा सहमति जनाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेका हुन् ।

नेता खड्काको सचिवालयले दिएको जानकारी अनुसार मन्त्री पदको शपथ लिएसँगै उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै छन् । स्रोतका अनुसार राष्ट्रसंघ महासभामा सहभागी जनाउन नेपालका तर्फबाट मन्त्री नहुँदा राम्रो सन्देश नजाने भन्दै देउवाले गठनबन्धनका नेताहरूलाई सहमत गराएका थिए ।

डा. खड्का २००५ साल चैत ७ गते भोजपुरमा जन्मिएका हुन् । ०२३ सालमा विद्यार्थी जीवनकालबाटै राजनीतिमा होमिएका खड्का पटक–पटक मन्त्री भइसकेका छन् । उदयपुरबाट निर्वाचन जितेका थापा संविधानसभा सदस्य पनि हुन् ।

उनी यसअघि पनि सुशील कोइराला नेतृत्वको सरकारमा सहरी विकासमन्त्री बनेका थिए । उनले राष्ट्रिय योजना आयोगका उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । उनी अर्थशास्त्रमा पीएचडी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org