ताजा समाचार

परराष्ट्रमन्त्री खड्का राष्ट्रसंघको महासभामा भाग लिन आजै अमेरिका जाँदै

काठमाडौं । राष्ट्र संघमा नेपालको प्रतिनिधित्व गरेर नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का आजै अमेरिका प्रस्थान गर्ने भएका छन् ।

आझ साँझ साढे ८ बजे चार जनाको टोलीको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का अमेरिका प्रस्थान गर्न लागेका हुन् । कतार एलयरलाइन्सको उडानबाट खड्का नेतृत्वको टोली अमेरिका जाने तय भइसकेको छ ।

खड्काको टोलीमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौडेल, सहसचिव सेवा लम्साल र अधिकृत भरत खनाल सहभागी हुनेछन् ।

खड्काले यसअघि कार्यभार ग्रहण गर्दा नै राष्ट्रसंघमा आफूले नेपालका कुटनीतिक विषय उठान गर्ने बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org