ताजा समाचार

एकीकृत समाजवादीको महासचिवमा डा. बेदुराम भुसाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीले पदाधिकारी चयन गरेको छ ।

आज बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्नेगरि पदाधिकारीको नाम टुंगो लगाइएको प्रस्तावित उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एसको उपाध्यक्षमा राजेन्द्र पाण्डे,धर्मनाथ साह,जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् । त्यस्तै महासचिवमा डा बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल,प्रकाश ज्वाला चयन भएकाछन् ।

सचिवमा रामकुमारी झाँक्री,जगन्नाथ खतिवडा,नागेन्द्र चौधरी,केशवलाल श्रेष्ठको नाम टुंगो लागेको पाण्डेले बताए । नेकपा एसको अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनाल छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org