ताजा समाचार

केपी ओली कम्युनिस्ट होइनन्, मोहन वैद्य र विप्लवसँग पार्टी एकताबारे छलफल भइरहेछ : प्रचण्ड

काठमाडाै । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओली कम्युनिष्ट नै नभएको टिप्पणी गरेका छन् ।

‘केपी ओली कम्युनिस्ट होइनन्, उनी सामन्ती हिन्दु अतिवादी हो,’ प्रचण्डले भने ।

ओलीसामु महान् नेता बन्ने अवसर आएको भए पनि उनले उक्त अवसर गुमाएको टिप्पणी गरे ।

बिहीबार वाईसीएलको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले बाबुराम भट्टराई, मोहन वैद्य तथा विप्लवसहितका नेताहरूसँग पार्टी एकताका लागि छलफल भइरहेको बताए । प्रचण्डले माओवादी केन्द्र कमजोर भए गणतन्त्र मात्र नभएर देश नै खतरामा पर्ने दाबी गरे ।

माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी निर्माणका लागि आफ्नो पनि मेहनत रहेको उनको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org