ताजा समाचार

सरकारले देशलाई नै कालोसूचीमा पार्न खोज्दैछ : एमाले सांसद अधिकारी

काठमाडौं, २० असोज । नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले देशलाई नै कालोसूचीमा पार्न खोजेको आरोप लगाएका छन् ।

बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा २१–२२ अर्ब रुपैयाँ कालोधनलाई वैधानिकता दिने प्रावधान राखेर सरकारलाई नेपाललाई नै कालोसूचीमा राख्ने प्रयास गरेको उनको आरोप छ ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद अधिकारीले भने, ‘हुँदाहुँदा लुटिएका झण्डै २१-२२ अर्ब अन्तर्राष्ट्रिय कानून, आतंककारी कानुन समेत आकर्षित हुने कानूनलाई समेत उल्लंघन गरेर यो देशलाई नै कालोसूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको छ ।’

सांसद अधिकारीले सरकारले दलीय व्यवस्थालाई नै समाप्त पार्न अवरुद्ध संसदलाई सुचारु गराउन पहल नगरेको तर्कसमेत गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org