ताजा समाचार

हिजो लडाइँमा ‘मर्न जान पाइनँ’ भनेर रुनेहरू आज ‘मन्त्री पाइनँ’ भनेर रुन थाले : प्रचण्ड

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्वमा पुगेकाहरू अवसरवादी हुँदै गएको बताएका छन् ।

बिहीबार अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले आफूले पार्टीबाट धेरै मन्त्री बनाएको र ती पतन भएको बताए ।  उनले हिजो क्रान्तिमा लड्नका लागि मोर्चा नपाउँदा रुनेहरू अहिले मन्त्री नपाउँदा रुने गरेको सुनाए ।

“हिजो क्रान्तीमा बलिदान गर्न, जोमिपूर्ण काम गर्नका लागि, सबैभन्दा बढी त्याग गर्न भएको सम्पत्ति, जग्गा जमिन , आन्दोलन सबै पार्टीलाई बुझाउन प्रतिष्पर्धा गर्ने हामी । मोर्चामा जाँदा अग्र मोर्चामा, लडाइँमा जुन मोर्चा दिइयोस् ,” उनले भने “जुन आर्कमा प्रहार गर्दा पहिला हुन्छ भनेर रोज्ने हामी , जान नपाउँदा रुने हामी । त्यो मोर्चामा नजानुस् अरूलाई दिइयो भन्दा  लड्न, मर्न पाइन पाइने भनेर रुने हामी, अहिले पद पैसा पाइने भने रुने भयौँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org