ताजा समाचार

अखिल (क्रान्तिकारी) को अध्यक्ष चयन गर्ने जिम्मा प्रचण्डलाई

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको स्थायी कमिटी बैठकले विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डलाई दिएको छ ।

स्थायी कमिटीको शनिबार बसेको बैठकले अध्यक्षका सम्भावित दाबेदारहरूका नाममाथि छलफल गरेको र अध्यक्ष चयन गर्ने जिम्मा दाहाललाई दिइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । प्रवक्ता महराले अध्यक्ष प्रचण्डले शनिबार नै क्रान्तिकारीको अध्यक्ष चयन गर्ने पनि जानकारी दिए ।

‘अनेरास्ववियू (क्रान्तिकारी)को अध्यक्ष चयन गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय भएको छ । उहाँले आजै निर्णय गर्नुहुन्छ,’ महराले भने, ‘अहिलेका उपाध्यक्षहरूदेखि लिएर सबै अध्यक्षका सम्भावित दाबेदार नामहरूको चर्चा भएको छ । सबै समान क्षमता राख्छन् र कसलाई चयन गर्ने भन्ने जिम्मा अध्यक्षलाई दिइएको छ ।’

अखिल (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी रहेको छ । बिहीबारदेखि जारी अधिवेशन शनिबार सकिने कार्यक्रम छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org