१० जिल्लामा कांग्रेस अधिवेशन सकिँदा पौडेल पक्ष हाबी
काठमाडाैँ । नेपाली कांग्रेसले दसैंअगाडि २१ वटा हिमाली जिल्लामा वडा, गाउँ/नगर, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र, महासमिति सदस्य र जिल्ला अधिवेशन गर्ने भनेकोमा अहिलेसम्म जम्मा १० जिल्लामा नेतृत्व चयन गरेको छ।
हिमाली जिल्लामध्ये डोल्पामा क्रियाशील सदस्यता विवाद हालै मिले पनि रसुवामा भने अझै क्रियाशील सदस्यताकै विवादले नामावली प्रकाशन हुन सकेको छैन।
दसैं-तिहारपछि हिमाली भेगमा हिउँ पर्ने, चिसो बढ्ने भएकोले अधिवेशन गर्न गाह्रो हुने हुँदा दसैंअगाडि नै जिल्ला अधिवेशन गर्ने कांग्रेस पदाधिकारी बैठकले निर्णय गरेको थियो। तर २१ हिमाली जिल्लामध्ये आजसम्म आधा जिल्लामा मात्रै जिल्ला अधिवेशनबाट आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन भएका छन्।
जिल्ला सभापति चयनमा गोरखा, कालिकोट, हुम्ला, मनाङ, मुस्ताङलगायत जिल्लामा सर्वसम्मत भए पनि रामेछाप, दोलखा, संखुवासभालगायत जिल्लामा भने सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट पक्षबाटै उम्मेदवार बनेका थिए।
कांग्रेसमा २०७२ सालमा भएको १३ औं महाधिवेशनदेखि देउवा, पौडेल र सिटौला गुट अस्तित्वमा छन्। यिनै गुटबाट जिल्ला-जिल्लामा नेतृत्व चयन भइरहेका छन्।
अहिलेसम्म गोरखा, ताप्लेजुङ, संखुवासभा, दोलखा, रामेछाप, मनाङ, मुस्ताङ, हुम्ला, कालिकोट र रूकुम पूर्वमा कांग्रेसले जिल्ला अधिवेशन सकेको छ।
यीमध्ये वरिष्ठ नेता पौडेल पक्षनिकट ६ जिल्ला सभापति चयन भएका छन् भने ४ जिल्लामा सभापति देउवानिकटले जितेका छन्।
संखुवासभामा पूर्वराज्यमन्त्रीसमेत रहेका दीपक खड्का, गोरखामा नन्दप्रसाद न्यौपाने, मुस्ताङमा पूर्वबाणिज्यमन्त्रीसमेत रहेका रोमी गौचन थकाली, दोलखामा बर्मा लामा, रूकुम पूर्वमा केशरमान रोका र कालिकोटमा अम्बबहादुर शाही जिल्ला सभापति भएका छन्।
यीमध्ये गोरखाका न्यौपाने गगन थापानिकट हुन्। तर थापा नै पछिल्लो समय वरिष्ठ नेता पौडेलनिकट छन्। थापा आगामी महाधिवेशनमा सोही समूहबाट महामन्त्री पदमा उठ्ने तयारीमा छन्।
सभापति देउवानिकट गजेन्द्र तुम्याहाङ ताप्लेजुङ सभापति भएका छन्। मनाङमा शंकर गुरूङ, हुम्लामा मोहनविक्रम सिंह र रामेछापमा कान्छाराम तामाङ जिल्ला सभापति भएका छन्।
यीमध्ये रामेछाप र दोलखामा दोस्रो चरणमा जिल्ला अधिवेशन गर्नुपरेको थियो। पहिलो चरणमा तीन उम्मेदवारमध्ये कसैले पनि खसेको कूल मतको ५१ प्रतिशत ल्याउन सकेका थिएनन्। कांग्रेस विधानमा जिल्ला सभापतिले पनि खसेको कूल मतको ५१ प्रतिशत ल्याउनुपर्ने व्यवस्था छ।
कांग्रेसले २१ हिमाली जिल्लामध्ये अब सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, डोल्पा, जुम्ला, मुगु, बाजुरा, बझाङ, दार्चुला, धादिङ, म्याग्दीमा जिल्ला अधिवेशन गर्न बाँकी छ।
कांग्रेसले बाँकी जिल्लाहरूमा भने दसैं-तिहार-छठपछि अधिवेशन गर्ने तयारी गरेको छ। कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म १४ औं महाधिवेशन गर्ने बताएको छ।
Comments
अरु समाचार
-
बझाङ उपनिर्वाचनः दुई वडाको मतगणना सम्पन्न
काठमाडौ । बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिकाको...
-
बझाङ उपनिर्वाचनः मतगणना सुरु
काठमाडौं । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय...
-
जापानी परराष्ट्रमन्त्री कामीकावा नेपाल आउँदै
काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्ने भएका छन्। जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा...
-
जापानी परराष्ट्रमन्त्रीले नेपाल भ्रमण गर्ने घोषणा
काठमाडौं । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्नुहुने भएको छ । जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण...
-
उपनिर्वाचन : इलाम–२ मा मतगणना सुरु
काठमाडौं । प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम–२ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बसेर इलाम नगरपालिका–७ स्थित गौतबुद्ध सम्मेलन केन्द्र...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...
-
उपनिर्वाचन शान्तिपूर्ण, सुहाङले भने- चुनाव जित्नेमा विश्वस्त छु
काठमाण्डौ । उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान जारी छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको...
-
इलाम र बझाङमा आज उपचुनाव: मतदानमा सहभागी हुन आयोगको अपिल
काठमाण्डौ । इलाम २ मा प्रतिनिधिसभा सदस्य र बझाङ १ (क) मा प्रदेशसभा सदस्यका लागि आज उपचुनाव हुँदैछ । मतदान...
-
सहकारीपीडितले गृहमन्त्री लामिछानेलाई भेटे
काठमाडौँ,१४ वैशाखः सहकारीसम्बन्धी समस्या द्रुत प्रक्रियाबाट समाधान गर्ने पहल गरकोमा सहकारीपीडितले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले धन्यवाद दिएका छन् ।शुक्रवार...