ताजा समाचार

नागरिकको माग संबोधन गर्ने प्रदेश सांसद ओलीको प्रतिबद्धता

रुकुम –पूर्व) । रुकुम (पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकास्थित अधिकांस क्षेत्रका नागरिकले खेलकुदको लागि खेल मैदान निर्माणको माग गरेका छन् । त्यहाँका युवाहरुसँगसँगै माथील्लो तहका बुद्धिजिवीहरुले खेल क्षेत्रको विकासको लागि व्यवस्थित खेल मैदान निर्माणको माग गरेका छन् । रुकुम –पूर्व) बाट निर्वाचित लुम्बिनी प्रदेश सभाका सदस्य तेजबहादुर ओली एक हप्ते जनभेटघाटको क्रममा पुथाउत्तरगंगा गाउँपालिकाको विभिन्न क्षेत्रमा पुगेको बेलामा त्यहाँका नागरिकहरुले यस्तो माग गरेका हुन् ।

गाउँपालिकाको १ नम्बर वडा मैकोट, ६ नम्बर वडाको डिम्मुरगैरा, ४ नम्बर वडाको अर्जललगाएतका विभिन्न ठाउँमा व्यवस्थित खेल मैदानको लागि बजेटको व्यवस्था गरिदिन सांसद ओलीसमक्ष युवाहरुले माग राखेका छन् । पुथाउत्तरगंगाका विभिन्न क्षेत्रमा खेलमैदान निर्माणको माग गरेपछि अधिकांसले भने क्लब दर्ता नगरेको पाइएको छ । क्लब दर्ता गरेर संस्थागत रुपमा आए खेल क्षेत्रको विकासको लागि आवश्यकताअनुसार खेल मैदानको लागि बजेटको व्यवस्था गर्ने प्रदेशसभा सदस्य ओलीले बताउनुभयो ।

यस्तै वडा नम्बर ५ हुकामका नागरिकले दलित बस्तिमा सुधारीएको चुलोको व्यवस्थका साथै पुरानो सिपलाई आधुनीकीकरण गर्नको लागि आवश्यक बजेटको माग गरेका छन् । यस्तै पेल्माका नागरिकले महिला भवन निर्माणसँगसँगै सिपमुलक तालिमको व्यवस्था गर्न, पेल्मालाई छिटो सडक संजालमा जोड्न र गलै्रचाँ उद्योगको लागि संरचना निर्माणको माग गरेका छन् । मैकोटबासीले काजरजङ खोला लघुजलविधुत आयोजना मर्मतको लागि थप बजेटको व्यवस्था गर्न, दलित टोलमा आरण व्यवस्थापन, पानिको मुहान संरक्षण र बाटो मर्मतको लागि बजेटको माग गरिएको छ ।

वडा नम्बर ४ अर्जलमा पनि खानेपानीको चरम समस्या भएका कारण त्यहाँ पनि खानेपानीको लागि पहल गरिदिन त्यहाँका नागरिकले सांसद ओलीसमक्ष आग्रह गरेका छन् । तकसेराबासीले ढोरपाटन सिकार आरक्षको कारण टावर निर्माणको काम हुन नसकेको भन्दै सहजिकरण गरिदिन माग गरेका छन् । जनताको समस्या बुझ्न भन्दै एक हप्ताको समय निकालेर जिल्लाको विकट क्षेत्र पुथाउत्तरगंगा गाउँपालिकाको विभिन्न क्षेत्रमा पुग्नुभएका ओलीले जनतासँग प्रत्यक्ष भेटघाट तथा उनिहरुका गुनासा सुनेपछि सबै गुनासाहरुलाई संबोधन गर्ने बताउनुभएको छ ।

नागरिकले राखेका समस्यालाई संबोधनको लागि कतीपय ठाउँमा यसैपाली बजेट बिनियोजन भएको बताउदै नयाँ ठाउँ र नयाँ मागको लागि अर्को वर्षमा बजेट बिनियोजन गर्ने सांसद ओलीले बताउनुभयो । बजेट आवश्यक पर्ने ठाउँमा बजेटको व्यवस्था र समन्वय, सहजिकरणको आवश्यकता परेमा त्ये भूमीका खेल्ने पनि उहाँले नागरिकसमक्ष प्रतिबद्धता जनाउनुभएको छ । जनताका मागलाई सरकारले संबोधन गर्ने बताउदै गाउँठाउँको विकासको लागि नागरिक आफै पनि सक्रिय हुनुपर्नेमा सांसद ओलीले जोड दिनुभएको छ ।।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org