ताजा समाचार

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडाैँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।

आजको बैठकमा वडा र पालिका अधिवेशनको रिपोटिङ हुनुका साथै आगामी मंसिरमा हुने राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका अनुमोदन गर्ने एमालेले जनाएको छ ।

शुक्रबार बसको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनमा देशभरका १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो ।

महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org