ताजा समाचार

न्यायालयको बेथितिबारे गठबन्धनले चाँडै साझा निर्णय गर्छ: प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा सम्बन्धमा साझा निर्णय बनाउने बताएका छन् । आज जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले गठनबन्धनका नेताहरुको बैठक बसेर साझा धारणा तय गर्ने बताए ।

“गठबन्धनका नेताहरु अहिले को कहाँ को कहाँ भएकाले केही ढिलो भएको हो । हामी केही दिनमै बैठक बसेर साझा धारणा बनाउने छौं,” उनले भने, “समाधान दिने गरी साझा धारणा बनाउने हाम्रो तयारी छ ।”

सर्वोच्च अदालतका न्यायाधीशहरुसँगै नेपाल बार एसोसियसन तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले प्रधानन्यायाधीशले राजीनामा दिनु पर्ने माग गर्दै आएका छन् ।

यता, प्रधानन्यायाधीशले भने आफू संवैधानिक प्रक्रियाबाट आएकाले संवैधानिक प्रक्रियाबाटै जाने बताउँदै आएका छन् ।
प्रधानन्यायाधीशका बारेमा राजनीतिक दलहरुको स्पष्ट आधिकारिक धारणा नआएको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिपक्षी दलले संविधानको मर्म र भावना विपरित अनावश्यक रुपमा संसद अवरुद्ध गरेकाले अब अध्यादेशबाट भए पनि महत्त्वपूर्ण विषयमा विद्येयकहरु ल्याउने उनले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org