ताजा समाचार

म प्रधानमन्त्री हुने निश्चित भएकै दिन अदालतले दुई पार्टी बनाइदियो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री हुने निश्चित भएको दिनमा अदालतले एमाले र माओवादीलाई दुई पार्टी बनाइदिएको बताएका छन् ।

काठमाडौंमा सोमबार भएको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“तपाईंहरुलाई केपी ओलीसँग मिल्यो भन्ने लागेको होला । हाम्रो सपना गलत थिएन, सही थियो । देशभरका जनताले मूल्याङ्कन पनि गरेका हुन् तर ओली अवसरवादी भए,” उनले भने, “माइतीघरमा बस्दा ओली समूहले बिचरा भनेका थिए । पछि विशाल हुरीमा परिणत भयो । सेटिङ भत्कियो । विभाजन भएको होइन । गराइएको हो ।”

उनले त्यसबेला आफूहरुसँग ७५ प्रतिशत पार्टी पकड रहेको उल्लेख गर्दै ओली नसुध्रिएकाले कारवाही गरेर आफूलाई संसदीय दलको नेता चयन गरिएको बताए ।

“ओलीको २५ प्रतिशतमात्रै थियो । ७५ प्रतिशत हामीसँगै थियो । ओली नसुध्रिएपछि पार्टीबाट निकालिएको हो । दुईतिहाइभन्दा बढी निकालिएको हो । पूर्वमाओवादीमात्रै भएर दुई तिहाइ भएको होइन । संसद्बाट हटाइयो,” उनले भने, “ओलीलाई निकालेपछि म प्रधानमन्त्री हुने पक्का भएको थियो । दलको नेता मलाई चयन गरेको थियो । म प्रधानमन्त्री हुने निश्चित भएकै दिन अदालतले दुई पार्टी आ आफ्नै बाटो बनाइदियो ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org