ताजा समाचार

विश्‍वासको मत नपाउने भएपछि राजीनामा दिँदै मुख्यमन्त्री आचार्य

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

आजको प्रदेशसभाको बैठकमा आचार्यले सम्बोधन गरेर राजीनामा दिने भएका हुन् । सभाको बैठक साढे १२ बजे बस्‍दैछ ।

आजको प्रदेशसभामा विश्‍वासको मत लिन कस्‍सिएका मुख्‍यमन्‍त्री आचार्यले विश्‍वासको मत नपाउने लगभग निश्‍चित भएपछि राजीनामा दिन लागेको स्रोतले बताएको छ । यसअघि बागमती प्रदेशमा पनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा सम्बाेधन गर्दै मुख्यमन्त्रीबाट राजीनामा  दिएकी  थिइन् । मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर कांग्रेसभित्रको किचलो र नेकपा एमालेको आग्रहका कारण बैठक आजसम्मका लागि सारिएको थियो ।

प्रदेश १ मा गठबन्धन दलको तर्फबाट राजेन्द्र कुमार राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ । विपक्षी गठबन्धनमा प्रमुख प्रतिपक्षी दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च छन् ।

प्रदेश १ मा ९२ सांसद सासद छन् ।  एमालेसँग सभामुखसहित ४१ सांसद छन् । विपक्षी गठबन्धनमा कांग्रेसका २१,  माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादीका ३ जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक सांसद छन् । एक सिट रहेकाे राप्रपा मौन छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org