ताजा समाचार

बाइडेन र बेलायती राजपरिवारसँग ग्लास्गोमा देउवाको ‘रिसेप्सन’ भेटवार्ता

ग्लास्गो । विश्व जलवायुको महाकुम्भ मानिने कोप-२६ मा सोमबार राती विश्व नेताहरुको लागि रिसेप्सन आयोजना भएको छ ।

सम्मेलन अन्तर्गत विश्व नेताहरुको भेलाको पहिलो दिन बेलुका ग्लास्गोस्थित आर्ट ग्यालरीमा रिसेप्सन आयोजना गरिएको थियो जहाँ अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि नेपाली प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी थिए ।

उक्त पार्टीमा बेलायती राजपरिवारका सदस्यहरु पनि उपस्थित थिए । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, जर्मन चान्सलर एंगेला मर्केल सहभागी भएपनि भारतीय प्रधानमन्त्री मोदी त्यहाँ देखिएनन् ।

देउवाले बेलायती राजपरिवारका सदस्यहरुलाई पनि उक्त अवसरमा भेटघाट गरेका थिए ।

ग्लास्गोबाट प्राप्त तस्बिरमा नेपालका प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग रिसेप्सनमै अनौपचारिक भेटघाट गरेका छन् । उनीहरुबीच अनौपचारिक गफगाफ भएको जनाइएको छ ।

कोप-२६ सम्मेलनकै क्रममा देउवाले राष्ट्रपति बाइडेनका जलवायु विशेष दूत जोन केरीलाई भेट्ने जनाइएको छ । देउवाले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्धिपक्षीय औपचारिक संवाद गर्ने जनाइएको छ ।

विश्व नेताहरुको सम्मेलन दोस्रो दिन आज पनि ग्लास्गोमा हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org