ताजा समाचार

ब्लडप्रेसर बढेपछि प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्।                                                                                                                            शनिबार दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको परिवारले जनाएको छ।

‘हिजोदेखि स्वास्थ्यमा समस्या आएको खबर पाएँ, म काठमाडौं आउँदैछु,’ प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भनिन्।

प्रचण्डको रक्तचाप बढेको उनले बताए। शनिबार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको हो।

दाहालको स्वास्थ्य अवस्थाबारे आफूलाई अहिले विस्तृत विवरण प्राप्त भइनसकेको उनले बताइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org