ताजा समाचार

सर्वोच्चमा प्रधानन्यायाधीशलाई पूर्ण निषेधको तयारी

काठमाडौँ,२८ कार्तिक  । राजीनाको माग गर्दै आन्दोलन गरिरहेका कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रवेश गर्न नदिने तयारी गरेका छन् ।

दुई हप्तादेखि धर्ना दिइरहेका कानुन व्यवसायीले आज प्रधानन्यायाधीश राणालाई पूर्ण निषेध गरेर प्रवेश गर्नै नदिने तयारी गरेका हुन् । यसअघि शुक्रबार पनि प्रधानन्यायाधीश राणालाई रोक्ने तयारी भएपनि उनी अर्को गेटबाट सुटुक्क प्रवेश गरेका थिए ।

आइतबार बिहान ९ बजेदेखि मध्यान्हसम्म धर्ना जारी राख्ने बार एशोसिएसनको निर्णय छ । बार एसोसिएसन आजदेखि देशभर आन्दोलन गर्दैछ । यसअघि सर्वाेच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार हुन लागेको हो ।

बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ । उपत्यका र काभ्रेबाहेकका बार इकाइले  कालोपट्टि बाँधेर काम गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।

बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा छ । लगातार राजीनामा माग गरेर आन्दोलन चर्काउँदा पनि प्रधानन्यायाधीश राणाले राजीनामा नदिएपछि बारले देशभर आन्दोलन चर्काउने निर्णय गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org