ताजा समाचार

मूल्यवृद्धिको विरोधमा विद्यार्थीले निकाले सिलिन्डर बोकेर जुलुस (तस्बिरहरू)

काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विभिन्न दलनिकट विद्यार्थी संगठनले सिलिन्डर बोकेर जुलुस निकालेका छन्।

आइतबार दिउँसो काठमाडौंमा विद्यार्थीहरूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर जुलुस निकालेका हुन्।

उनीहरूले सिलिन्डरमा  ‘मलाई किन यति अमूल्य बनायौ?, गरिब जनताको घरमा म कसरी बल्ने?’ लगायत पोस्टर लेखेर टाँसेका थिए।

सरकारले केही समयअघि खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org