ताजा समाचार

`हाम्रो विद्युत खपत नेपालमै गरौँ, भारतले नकिन्न पनि सक्छ´

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको बिजुली नेपालले नै खपत गर्नुपर्ने बताएका छन् । उनले सरकारले विद्युत खपतका लागि इन्सेन्टिभ दिन पनि तयार रहेको बताएका हुन् ।

विद्युतीय गाडी र चुल्हो बढाउनुपर्ने उनको सुझाव थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)को वार्षिक साधारण सभामा उनले नेपालको बिजुली भारतले नकिन्न पनि सक्ने बताउँदै नेपालले नै खपत गर्नुपर्ने बताए ।

“काठमाडौंमा विद्युतीय बस चलाउन आवश्यक भइसक्यो,” उनले भने, “हाम्रो विद्युत खपत यहीँ गरौँ । भारतले नकिन्न पनि सक्छ । ग्यासको प्रयोग कम गरौँ । विद्युतीय गाडीको प्रयोग बढाऔँ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org