ताजा समाचार

इप्पानले सञ्चालनमा ल्यायो नेपाल हाइड्रोपावर एकेडमी

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले नेपाल हाइड्रोपावर एकेडमी सञ्चालनमा ल्याएको छ । ईप्पानले मंगलबार आफ्नो १९ र २०औं वार्षिक साधारणसभामा नेपाल हाइड्रो पावर एकेडमी सञ्चालनमा ल्याएको बताएको हो ।

संस्थाले ३० करोड रुपैयाँ लागतमा धादिङमा नेपाल हाइड्रो पावर एकेडमी नामक संस्था सञ्चालनमा ल्याएको हो । ईप्पानका अनुसार जलविद्युतमा आउन चाहने नव उद्यमी तथा काम गरिरहेकाहरुलाई सिकाउने जलविद्युतका तालिम तथा सीपहरु प्रदान गर्नका लागि एकेडमी सञ्चालनमा ल्याएको हो ।

सो एकेडमीमा जलविद्युत सम्बन्धि विभिन्न मेसिनहरु रहेका छन् भने जलविद्युत क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका प्रशिक्षकहरुबाट प्रशिक्षण गराइनेछ ।

सो संस्थामा तीन प्याकेजिङमा तालिम दिइनेछ । तीन महिना समायवधिको तालिम हुने एकेडमीको भनाई छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले जलविद्युत व्यवसायीहरुको क्षमता अभिवृद्धि र सीप विकासका लागि सो एकेडमीले महत्वपूर्ण काम गर्ने पनि बताए ।

यस्तै, उनले देशमा जलविद्युत क्षेत्रको विकासका लागि सरकार सधैँ तत्पर रहेको बताए । उनले विदेशमा बिजुली खपत गर्ने नभई स्वदेशमै खपत गर्न तर्फ सबैले ध्यान दिनु पर्ने धारणा राखे ।

उनका अनुसार जलविद्यतुकर्मीहरुलाई सहज र सहुलियतका लागि विभिन्न सुविधाहरु दिन पनि सरकार तयार रहेको बताए ।
‘अब देशमा खपत बढाउन आवश्यक छ, विद्युतीय सवारी र इन्डक्सन चुल्होमा सरकारले अनुदान उपलब्ध गराउँछ, तपाईंहरु अगाडि बढ्नुस्, सरकारले कस्तो सुविधा दिनु पर्छ, हामी तयार छौं,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org