महाधिवेशन उद्घाटनमा पाँच लाख मान्छे उतार्ने एमालेकाे तयारी
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको तयारी तीब्र बनाएकाे छ ।
१०-१२ मंसिरमा चितवनमा महाधिवेशन तय भएपछि नेताहरू चितवन पुगेका छन् । अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका तयारीका साथ मञ्च व्यवस्थापनका कार्य सुरु भएकाे छ । उद्घाटनमा झन्डै ५ लाख नागरिककाे सहभागिता हुने एमाले नेताहरूले आँकलन गरेका छन् ।
जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेका अनुसार नारायणी किनारमा मञ्च बनाएर महाधिवेशनलाई भव्य बनाउने र पाँच लाख मानिस उतार्ने लक्ष्यसहित काम अघि बढाइएको छ । जसअनुसार चितवनबाट ७५ हजार, नवलपुरबाट ५० र लुम्बिनी प्रदेशबाट ७५ हजार मानिस उतार्ने लक्ष्यसहित वडा तहमा जनपरिचालन गरेको एमालेले देशैभरबाट पाँच लाख मान्छे उतार्ने तयारी गरेको हो ।
१० गते उद्घाटन भएपछि ११ गते सौरहामा बन्दसत्र आयोजना हुनेछ । एमालले निर्वाचन प्रक्रिया भने १२ मंसिरबाट मात्रै सुरु गर्नेछ । एमाले महाधिवेशनमा पहिलो पटक विद्युतीय मतदान हुन लागेकाे हाे । एमालले १९ सय प्रतिनिधिलाई मतदानबारे चितवनमा नै तालिमसमेत दिँदैछ ।
Comments
अरु समाचार
-
इलाममा जिततर्फ लम्किँदै सुहाङ
विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएको निर्वाचनको अब देउमाई नगरपालिकाको वडा नम्बर ९ इलाम नगरपालिका क्षेत्रको मात्रै मत...
-
बझाङ प्रदेशसभामा एमालेका उम्मेदवार दमन भण्डारी विजयी
कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै...
-
बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी
काठमाडौं । बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ...
-
डम्बरसँग मतान्तर बढाउँदै सुहाङ, करिब २२ हजार भाेट गन्दा २६१८ ले लिड
काठमाडाैँ । उपनिर्वाचनको जारी मतगणनाअनुसार इलाम–२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता जारी राखेका छन् । सोमबार बिहान ७ः५५...
-
बझाङमा एमालेलाई कांग्रेसले उछिन्यो
काठमाण्डौ । बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ ९क० मा नेपाली कांग्रेसले अग्रता लिएको छ । अहिलेसम्म २० हजारभन्दा बढी...
-
इलाम २ मा एमालेका सुहाङको फराकिलो अग्रता
विराटनगर । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा निर्वाचनका लागि भएको उपनिर्वाचनका ११ वटा वडाको मत गणना हुँदा एमालेका उम्मेदवारले...
-
आजको राशिफलः २०८१ वैशाख १७ गते सोमवार
मेष: फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै
इलाम । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।फाकफोकथुम गाउँपालिकाको ५ वटा...