ताजा समाचार

केपी ओलीकै नेतृत्वमा एमाले फेरि सत्तामा फर्किन्छ : योगेश भट्टराई

काठमाडाैँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले पाँच दलीय गठबन्धनको चुनौती चिर्दै अबको चुनावमा आफूहरुको पार्टीले बहुमत ल्याउने बताएका छन्।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा भट्टराईले यस्तो बताएका हुन्।

‘विभिन्न षड्यन्त्रबाट हामी सरकारबाट प्रतिपक्षमा छौँ। एमालेबाट बाहिरिएको सानो समूहले अलग्गै गतिविधि गरिरहेको छ’, उनले भने, ‘तर यसका बावजुद अझै पनि एमालेलाई विशाल बनाउँछौँ। आागमी निर्वाचनमा बहुमत ल्याउने चुनौती हामीसँग छन्।’

भट्टराईले पाँच दलीय गठबन्धनलाई चिरेर एमालेले बहुमत ल्याउने बताएका छन्।

‘एमालेविरुद्ध गठबन्धन बनेका छन्। पाँच दलीय गठबन्धनलाई पनि एमालेले चिर्नेछ’, उनले भने, ‘ती सबै अवरोधलाई एमालेले तोडेर शक्तिमा फर्किन्छ। सरकारमा फर्किन्छ। त्यहीकारण हामी सर्वसम्मत नेतृत्व चयन गर्छौँ। केपी ओलीको अगुवाइमा एमाले अर्को पटक सत्तामा फर्किने गरी अघि बढेका छौँ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org