ताजा समाचार

प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्री लूको आग्रह: एमसीसीबारे छिटो निर्णय लिनुहोस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूबीच शिष्टाचार भेटघाट भएको छ ।

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको द्धिपक्षीय भेटवार्तामा दाहालले एमसीसीलाई लिएर संसदमा मतविभाजनको स्थितीसम्म आउनसक्ने बताए ।

‘अध्यक्षज्यूले डेमोक्रेटिक प्रोसेसमा जानुपर्ने स्थिती आउनसक्ने बताउनुभएको छ’ लूसँगको भेटपछि दाहालका स्वकीय सचिव रमेश मल्लले  बताए ।

अमेरिकी कूटनीतिज्ञ लूले एमसीसी अनुमोदनबारे दाहालसँग चासो राखेका थिए । सहायकमन्त्री लूले चाँडो एमसीसी पास गर्न दाहाललाई आग्रह गरेको स्वकीय सचिव मल्लले बताए ।

लूको उक्त आग्रहमा दाहालले एमसीसीलाई लिएर सत्तारुढ दल, नागरिक समाज र पत्रकारबीच छलफल गरेर निष्कर्ष निकालिने जवाफ दिएका थिए । एमसीसीको ओर्जिनल ड्राफ्टलाई तलमाथि पार्दा विवाद र बहस निम्तिएको बताउँदै दाहालले वैदेशिक सहयोगलाई लिएर पार्टी सकारात्मक रहेको बताएका थिए ।

‘मन्त्री लूले चाँडो अनुमोदन गर्नुप¥यो नत्र एमसीसीलाई अन्त लैजान्छौं भन्ने आशयको कुरा गर्नुभएको थियो’ स्वकीय सचिव मल्लले भने । अमेरिकाले नेपाललाई गर्दै आएको सहायतालाई लिएर दाहालले धन्यवाद समेत दिएका थिए । उक्त भेटमा द्धिपक्षीय चासोका अन्य विषयमा पनि कुराकानी भएको जनाइएको छ ।

कात्तिक २३ गते बसेको माओवादी स्थायी समिति बैठकले केही विवादित बुँदामा संसोधन बिना एमसीसीलाई पारित नगर्ने निर्णय गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org