ताजा समाचार

कांग्रेसको मतगणना स्थलमा झडप हुँदा पाँच घाइते

काठमाडाैँ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ ’क’ को मतगणना चलिरहेको अवस्थामा झडप हुँदा पाँच जना घाइते भएका छन् ।

कांग्रेसको पार्टी कार्यालय भैरहवामा भएको मतगणनाका क्रममा गएराती साढे २ बजे झडप भएको हो । झडपमा रामचन्द्र पौडेल पक्षका कार्यकर्ता घाइते भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले आक्रमण गर्दा क्षेत्रीय सचिवको उम्मेदवार तथा नेविसंघ रुपन्देहीका पूर्वअध्यक्ष शैलेश पन्थ गम्भीर घाइते भएको पौडेल पक्षले जनाएको छ । उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनको नाकमा गम्भीर चोट लागेको छ ।

प्रदेश ३ ’क’ को निर्वाचनमा पौडेल पक्षबाट सभापतिमा पुरण श्रेष्ठ र संस्थापनबाट सुरेन्द्रजंग थापा उमेदवार छन् । निर्वाचन सकिएपछि हिजो साँझदेखि नै मतगणना सुरु भएको थियो ।सदस्यहरुको मतगणना सकेर पदाधिकारीको मतगणना शुरु गर्दा आक्रमण भएको थियो ।

पौडेल पक्षका सभापति पदका उम्मेदवार पुरन श्रेष्ठले सोम गुरुङको नेतृतवमा आएको टोलिले आक्रमण गरेको बताए । आक्रमणमा उत्रिएको समूहले जेनेटर बन्द गरी आक्रमण गरेको थियो । यहाँ कांग्रेसको नेतृत्व चयन गर्न ३३८ मतदाता रहेका छन् । झडपका कारण अहिले मतगणना कार्य स्थगित गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org