ताजा समाचार

एमाले स्थायी समिति बैठक स्थगित

काठमाडाैँ । नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक भोलि सम्मका लागि स्थगित भएको छ ।

यसअघि आज दिउँसो ३ बजेका लागि तय भएको बैठक तयारी अभावले मंगलबार ११ बजे बस्नेगरी स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘तयारी अभावले मंगलबार ११ बजे बस्नेगरी बैठक स्थगित भएको छ’, तामाङको भनाइ छ । ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल गर्न बैठक बोलाइएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org