ताजा समाचार

महाधिवेशनमा नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आउँछन् : ओली

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशनमा नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आएने बताएका छन् ।

मंगलबार सम्पादकरहरुसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले भने, ‘विधान महाधिवेशन त साधारण पार्टीहरुले गर्ने जस्तो नै थियो । नेपालका सवारीले बोक्न सक्ने जति मान्छे आउँछन् । तिनीहरुले बोक्न भ्याउ सक्ने जति मानिस चितवनमा हुन्छन् । ‘

यस्तै, महाधिवेशनमा २ सत्र हुने उनले बताए । बन्द सत्रमा नेतृत्व चयनको काम हुने अध्यक्ष ओलीले बताए । विधान महाधिवेशनबाट देश बनाउने नीति पारित गरेका उल्लेख गर्दै अध्यक्ष ओलीले ती नीति कार्यन्वयनका लाई कस्तो नेतृत्व निर्माण गर्ने भन्ने कुरामा अर्को सत्र केन्द्रित हुने बताए ।

विधानमा महाधिवेशनमा जनसहभागितासहितको नगरेकाले अहिले अहिले जनपरिचालनसहित गर्ने उनको भनाइ थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org