ताजा समाचार

प्रचण्डलाई ओलीको चुनौती : मेरो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्नुस् न

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा आएर महाधिवेशन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिएका छन् ।

एमालेले दशौं महाधिवेशन चितवनमा गर्दैछ र प्रचण्डले आफूलाई सिध्याउन एमालेले महाधिवेशन स्थल चितवन रोजेको बताएका थिए ।

मंगलबार सम्पादक तथा सञ्चारकर्मीहरुसँग भएको छलफलमा एमाले अध्यक्ष ओलीले कोही चुनाव लडेको छ भन्दैमा जिल्ला नै उसको नहुने बताए ।

उनले भने, ‘हामी हाम्रो पार्टीको महाधिवेशन गर्दैछौं । तपाई पनि झापा आएर गर्नुस्, मेरै निर्वाचन क्षेत्र दमकमा आएर गर्नुस् न ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org