ताजा समाचार

महाधिवेशनपछि पूर्वलडाकुको व्यवस्थापन गर्नेछौं : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनपछि आफ्नो पार्टीले माओवादीका पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने दाबी गरेका छन् ।

१०औं हजार पूर्वलडाकुहरू एमालेमा प्रवेश गर्ने तयारीमा रहेको उनले बताए ।

चितवनमा आयोजित एमालेको १०औं महाधिवेशन उद्घाटन समारोहमा ओलीले आफ्ना लडाकुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै प्रचण्डको आलोचना गरेका थिए ।

ओलीले भने, ‘अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन । प्रचण्डजीहरू अहिलेसम्म पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न ? किन घाइतेहरूको उपचार हुँदैन ? किन झूटा मुद्दा खारेज हुँदैन ? किन बहिर्गमित लडाकुको व्यवस्थापन हुँदैन ? मन परेका मान्छेलाई १०/१० हजार बाँडेर यो समस्या समाधान हुन्छ ?’

उनले थपे, ‘हिजो प्रधानमन्त्रीले गर्न दिएन भनेर भाषण गर्नुहुन्छ । आज प्रधानमन्त्री नभए पनि सरकार मेरै कठपुतली हो, म नचाइदिन्छु भन्नुहुन्छ । पावर देखाउनुस् । समस्या समाधान गर्नुस् लडाकुका ।’

महाधिवेशन सकिनेबित्तिकै पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने भन्दै अलमलमा परेर माओवादीमा लागेकाहरुई एमालेमा आउन आह्वान गरे ।

‘हिजो केका लागि बलिदान दिनुभएछ देखिहाल्नुभयो । कसलाई मेयर बनाउन रहेछ । कसलाई मन्त्री बनाउन रहेछ देख्नुभयो । कुल्ली दाइले बाटो बनायो, तर गाडी अर्कैंले कुदायो ।’ ओलीले भने ।

‘नेकपा एमाले तपाईंहरूको पार्टी हो । हिजो गल्तीले अलमलमा पर्नुभो । अब नपर्नुस् । एमाले द्वन्द्वका घाउहरू समाप्त पार्न चाहन्छ । शान्ति प्रक्रिया टुंग्याउन चाहन्छ । मलाई लाग्छ प्रधानमनत्री चाहनुहुन्छ भने पनि अहिलेको सरकारले सक्दैन । यो हामी गर्नेछौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org