ताजा समाचार

नेपाली कांग्रेस जनसंपर्क समिती जर्मनीको अध्यक्षमा युवा नेता कार्की  उम्मेद्बारी

जर्मनी । नेपाली कांग्रेस जनसंपर्क समिती जर्मनीको अध्यक्षमा लोकप्रिय युवा तेजेन्द्र कार्कीले  उम्मेद्बारी घोषणा गरेकाछन ।

नेपाली कांग्रेसको आर्दश र सिद्धान्तमा अबिचलित कार्कीले यस अघि पटक पटक साथीहरुलाईं जिम्मेवारी सुम्पिएकोमा यस पटक साथीहरुकै आग्रहमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको  बताए ।

आगामि नोभेम्भर २९ मा जनसम्पर्क समितिको निर्वाचन हुँदैछ । नेपालमा रहँदा पनि कार्की पार्टी गतिबिधि एवं सामाजिक क्रियाकलापममा निकै सक्रिय थिए ।

गैर आबासीय नेपाली अभियान र प्रबासका नेपालीले ब्यहोर्नु परेका समस्यामा सहयोग गर्न सधैं तत्पर कार्की नयाँ जिम्मेवारी पाए थप सशक्त रुपमा अघि बढ्ने आत्मबिश्वास पनि ब्यक्त गर्छन् । युरोपमा संगठनलाई मजबुत बनाउने र जर्मनबासी नेपाली समुदाय सँग मिलेर नेपाल र नेपालीका काम गर्न आफु सँग अल्पकालिन र दिर्घकालिन योजना रहेको कार्कीले बताए ।

कार्की नेपालमा राजनीतिक पृष्ठभूमि भएका परिवारका सदस्य हुन् । उनी बर्तमान सञ्चारमन्त्री  एवं कांग्रेस नेता  ज्ञानेन्द्र बहादुर कार्कीका भाई हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org