ताजा समाचार

तयार भयो एमाले केन्द्रीय कमिटीको लिस्ट !

सौराहा । नेकपा (एमाले)को जारी १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्तुत गर्नका लागि पदाधिकारी र केन्द्रीय सदस्यहरूको ‘लिस्ट’ तयार पारिएको बताइएको छ ।

एमाले उपमहासचिव विष्णु पौडेल र नेता पृथ्वीसुब्बा गुरुङले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि प्रारम्भिक लिस्ट प्रिन्ट गरेका छन् ।

उक्त  लिस्ट केही बेरपछि सुरु हुने भनिएको दोस्रो दिनको बन्दसत्रमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने बताइएको छ ।

लिस्ट ओलीसहितका नेताहरूले होटेल पार्क सफारी रिसोर्टमा बसेर तयार पारेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org