ताजा समाचार

फेरि एक घण्टा पछि सर्‍यो एमाले बन्दसत्र

काठमाडौं । नेकपा एमालेको दसौँ महाधिवेशनको तेस्रो दिन आइतबार बन्दसत्र सुरु हुन सकेको छैन । बिहान १० बजेदेखि सुरु हुने भनिएको बैठक साँझ सात सुरु गर्ने तयारी गरिएको थियो । तर ७ बजे पनि बैठक सुरु हुन सकेन । एमाले नेता शेरबहादुर तामाङका अनुसार केन्द्रीय सदस्यहरुको क्लस्टर मिलाउन पर्ने भएकाले बैठक बस्न थप एक घण्टा लाग्न सक्ने बताए ।

बिहानैदेखि सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू बसेकै होटलमा पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन नसकेको हो । अध्यक्ष ओलीले सहमतिमै नेतृत्व चयन गर्ने पहल गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org