ताजा समाचार

ओलीले दर्ता गराए उमेदवारी

सौराहा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुनः अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका छन् । सोमबार बिहान सौराहास्थित होटेल सेभेन स्टारमा स्थापित केन्द्रीय निर्वाचन कार्यालयमा आएर उनले उमेदवारी दर्ता गराएका हुन् ।

ओलीको प्रस्तावकमा विष्णुप्रसाद पौडेल र समर्थकमा शंकर पोखरेल रहेका छन् ।

यसअघि, उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि उमेदवारी दर्ता गराएका थिए ।

चितवनमा जारी एमालेको १०औँ महाधिवेशनअन्तर्गत सोमबार बिहादेखि चुनावी प्रक्रिया सुरु भएको हो ।

Nepal Investment bank

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org