ताजा समाचार

उपाध्यक्षमा उमेदवारी किन ? यसो भन्छन् घनश्याम भुसाल

सौराहा । नेकपा (एमाले)का नेता घनश्याम भुसालले पार्टीभित्र सुधारको आवश्यकता महसुस गरी आफूले उमेदवारी दर्ता गराएको बताएका छन् ।

सोमबार बिहान उपाध्यक्ष पदमा उमेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसित कुराकानी गर्दै उनले पार्टीमा गल्तीहरू भएको र त्यसलाई सुधार गरेर सही ठाउँमा ल्याउन आफूले उमेदवारी दिएको बताए ।

पार्टीका नीति, सिद्धान्तहरू बनाउन आफूले २० वर्षदेखि निरन्तर प्रयत्न गर्दै आएको पनि उनले उल्लेख गरे । “पार्टीभित्र सिद्धान्त जिउँदो छ, पार्टीभित्र मार्क्सवाद जिउँदो छ, पार्टीभित्र विचार जिउँदो छ भन्ने कुराको सशक्त हस्तक्षेप जरुरी छ भनेर मैले उपाध्यक्षमा उमेदवारी दायर गरेको छु,” उनले भने ।

उनले आफू पार्टी निर्माणमा त्याग गरेका, पुराना तमाम कार्यकर्ता, श्रमजीवी वर्ग, पार्टी निर्माणकर्मीहरूको प्रतिनिधिका रूपमा उभिएको पनि बताए ।

आफूले व्यक्तिगत हैसियतमा उमेदवारी दिएको र प्यानल बनाउन नहुने पक्षमा आफू रहेको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org