ताजा समाचार

राप्रपा अध्यक्षमा कमल थापाले गरे उम्मेदवारी घोषणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मंसिर १५ देखि काठमाडौंमा हुने पार्टीको महाधिवेशनबाट फेरि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा उनले आफूले केही नगरी नहुने काम बाँकी रहेको भन्दै पुनः अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए ।

‘अधुरा कामलाई अधुरै छाडेर पलायन हुने अनुमति मलाइ छैन’ अध्यक्ष थापाले भने । उनले आफूले अध्यक्षहरु पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी र अरु पुराना नेताहरुको पनि आशिर्वाद लिएर उम्मेदवारी घोषणा गर्न आएको जिकिर गरे ।

राप्रपाको अध्यक्षमा यसअघि नै नेता राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org