ताजा समाचार

एमालेको नयाँ नेतृत्व छान्न राति ९ बजेदेखि मतदान

नेकपा (एमाले) को नयाँ नेतृत्वका लागि सोमबार राति ९ बजेदेखि मतदान हुने भएको छ।

चितवनमा जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रका क्रममा नयाँ नेतृत्वका लागि मतदानको समय निश्चित गरिएको हो।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान राति ९ बजेदेखि १४ गते बिहान १ बजेसम्म हुनेछ।

निर्वाचन आयोगले प्रकाशित गरेको सूचनामा मतदान सम्पन्न भएपश्चात १४ गते नै मतगणना गरिने, सोही दिन निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण र शपथ ग्रहणको कार्यक्रम रहेको छ।

यसअघि आज अपरान्ह ४ बजेसम्म नाम फिर्ताको लागि समय दिइएको छ भने ४ः५ मा अन्तिम नामावली प्रकाशन हुँदैछ।

एमालेमा केपी ओलीविरुद्ध अध्यक्षमा भीम रावलले चुनौति दिएका छन् भने ओलीले चयन गरेको नामावलीविरुद्ध घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी परेको छ।

एमालेको जारी दसौँ महाधिवेशन अन्तर्गत वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org