ताजा समाचार

एमाले महाधिवेशन: मतगणना सुरू, २ घण्टामा परिणाम आउने

साैराहा । सौराहामा जारी नेकपा (एमाले)को १० औं महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको मतगणना सुरू भएको छ।

एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले मतगणना सुरू भएको जानकारी दिए।

दाहालले मतगणना सुरू गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए।

एक पटकमा ६९ जनाले भोटिङ सेसनमार्फत भोट हालेका थिए।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी  चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि  चुनावबाट टुंगिनेछन्।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलले उम्मेदवारी दिएका छन्। अध्यक्ष ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org